धनगढी - कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधिसभा सदस्य चौधरीलाई कारागार चलान गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीसहितलाई १० वर्षअगाडि थरुहट आन्दोलनताका ट्याक्टरमा आगजनि गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध फैसला गरेको थियो । कैलालीको तत्कालिन बलिया गाबिसका ट्रयाक्टरधनी मोतीपुरका महादेव बजगाइँले उजुरी दर्ता गराएका थिए ।
फरार प्रतिवादीको सूचीमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई बिहीबार दिउँसो बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनी नागरिक उन्मुक्ति पार्टीका सचेतक पनि हुन् ।