Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, जेठ २३, २०८०
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
राजनीति
  • गृहपृष्ठ
  • समाचार
  • धनगढीमा ‘नमस्ते मेयर जनगुनासो सुनवाइ’ सेवा सञ्चालनमा आयो
धनगढीमा ‘नमस्ते मेयर जनगुनासो सुनवाइ’ सेवा सञ्चालनमा आयो
64x64
शुक्रबार, मंसिर २३, २०७९ प्रमोद पन्त
धनगढीमा ‘नमस्ते मेयर जनगुनासो सुनवाइ’ सेवा सञ्चालनमा  आयो

धनगढी -भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकाले 'नमस्ते मेयर जनगुनासो सुनवाइ'सेवा सञ्चालनमा ल्याइएको छ ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसर पारेर यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले शुक्रबारदेखि नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा ल्याएको हो ।

धनगढीका मेयर गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र शिक्षाविद् तथा प्राध्यापक डा.हेमराज पन्तले संयुक्त रुपमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवाको शुभारम्भ गरे ।

यूएनडीपीका संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका परियोजना अधिकृत मनोज ओझाले स्थानीय तहमा देशमै पहिलो पटक धनगढी उपमहानगरपालिकामा नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा आएको बताए ।

उनका अनुसार उक्त सेवा अन्तरगत सेवाग्राहीले क्युआर कोड स्क्यान गरेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम, वाट्स एप मार्फत पनि गुनासा तथा सुझावहरु टिपाउन सक्ने व्यवस्था मिलाइएको छ ।

गुनासा तथा सुझाव संकलनका लागि यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले छुट्टै जनगुनासो इकाइ पनि बनाएको छ । जनगुनासाका लागि १६६०९१५२७७७ को टोल फ्री नम्बर पनि राखिएको छ ।

नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा शुभारम्भ गर्दै धनगढीका मेयर गोपाल हमालले धनगढीलाई भ्रष्टाचार मुक्त उपमहानगरपालिका बनाउन सबैको सहयोग आवश्यक भएको बताए ।

उनले उपमहानगरपालिकाबाट प्रवाह हुने सेवासुविधालाई छिटोछरितो प्रवाह गर्दै भ्रष्टाचार मुक्त नगर बनाउने चाहानामा सबैले साथ दिनेमा पनि विश्वस्त रहेको बताएका छन् ।

नमस्ते मेयर जनगुनासो सुनवाइ सेवामार्फत सर्वसाधारणले टिपाउने गुनासा सकभर छिटोछरितो सम्बोधन गर्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जनाएको छ ।

जनगुनासो सुनवाइ सेवा शुभारम्भ गर्नुभन्दा पहिले धनगढी चौराहदेखि उपमहानगरपालिका परिसरसम्म भ्रष्टाचारविरुद्ध र्‍याली समेत निकालिएको थियो ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९, १३:२७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
भीमदत्त राजमार्ग छेउछाउसँगैको जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास, बर्सेनि वन क्षेत्र अतिक्रमणको चपेटामा
भीमदत्त राजमार्ग छेउछाउसँगैको जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास, बर्सेनि वन क्षेत्र अतिक्रमणको चपेटामा
प्रतिनिधिसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज बस्दै
ताजा समाचार
 नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए  नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए मंगलबार, जेठ २३, २०८०
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
विश्व/प्रबास
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने गोदावरी न्युज
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू गोदावरी न्युज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक गोदावरी न्युज
समाज
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ मंगलबार, जेठ २३, २०८०
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला मंगलबार, जेठ २३, २०८०
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै मंगलबार, जेठ २३, २०८०
कला /साहित्य
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै शुक्रबार, जेठ १२, २०८०
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा बिहिबार, चैत २३, २०७९
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक शुक्रबार, चैत ३, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2023 All rights reserved.
Site by: SoftNEP