काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।
बिहीबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण देखिएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् ।
अध्यक्ष नेपालले फेसबुकमा लेखेका छन्, ‘स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।’
कोरोनाको सामान्य लक्षण देखिएको र आफू घरमै आराम गरिरहेको उनले बताए।