Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, जेठ २३, २०८०
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
राजनीति
  • गृहपृष्ठ
  • समाचार
  • एमाले कैलालीका अध्यक्ष थापालाई २३ आरोप लगाउँदै स्पष्टीकरण सोधियो
एमाले कैलालीका अध्यक्ष थापालाई २३ आरोप लगाउँदै स्पष्टीकरण सोधियो
64x64
सोमबार, असार ६, २०७९ गोदावरी न्युज
एमाले कैलालीका अध्यक्ष थापालाई २३ आरोप लगाउँदै स्पष्टीकरण सोधियो

काठमाडौं - नेकपा एमाले कैलालीका जिल्ला अध्यक्ष रतनबहादुर थापालाई स्पष्टीकरण सोधिएको छ । जिल्ला इन्चार्ज नारदमुनी रानाले उनलाई २३ वटा आरोप लगाउँदै स्पष्टीकरण सोधेका हुन।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुको आलोचना गरेको, स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन कांग्रेससँग साँठगाँठ गरेको आशंका, पार्टी हितविपरीत अन्तरघाति गतिविधि गरेको भन्दै जिल्ला इन्चार्ज रानाले अध्यक्ष थापालाई आइतबार स्पष्टीकरण सोधेका हुन्।सुदूरपश्चिम प्रदेश कमिटी र केन्द्रीय संगठन विभागलाई बोधार्थ पठाइएको स्पष्टीकरण पत्रमा अध्यक्ष थापालाई तीन दिनभित्र अर्थात मंगलबारसम्म बुझाउन निर्देशन गरिएको छ।


यस्ता छन् उनलाई सोधिएका २३ वटा प्रश्न :

१) तपाईले पार्टी जिल्ला अध्यक्षमा जिति सकेपछि दैनिक रुपमा पार्टी कार्यालय सन्चालन किन नगरेको?

२) निर्वाचित भई सकेपछि अध्यक्षको हैसियतमा कार्यसम्पादनको सिलसिलामा आफनो कार्यकक्ष रहेको कार्यालयमा कति दिन जानु भो?

३) जिल्ला पार्टी कार्यालयलाई तपाईले सधै बिरोधीको अखडाजस्ता किन र के कारणले व्यवहार गर्नु भयो?

४) स्थानीय निर्वाचन ताका जिल्ला पदाधिकारी र पार्टी कार्यालय परिवारसंग के कति छलफल भयो?

५) जिल्लामा पार्टी गतिविधी सम्बन्धमा पार्टी नेतृत्व र आफनो कमिटीसँग कति समन्वय र छलफल गर्नु भयो?

६) पार्टी अध्यक्ष केपी ओलीलाई "अपतो” जस्तो तुच्छ शब्द किन प्रयोग गर्नुभयो?

७) पार्टी महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, जिल्ला इन्चार्ज नारदमुनी राना, सह इन्चार्जहरु गौरीशंकर चौधरी, कमला ओली, सन्तोष शर्मा लगायतको नेतृत्वलाई अध्यक्षबाट राजीनामा दिन्छु भनेर पटक पटक किन धम्की दिएको?

८) उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा धनगढी चौराहास्थित सोराई होटलमा जिल्ला पदाधिकारी बैठकमा केन्द्रीय नेतृत्व, जिल्ला नेतृत्वलाई धम्क्याउँदै, सिंगो पाटी पंक्तिलाई नै अमर्यादित, अपशब्द प्रयोग गर्दै गालिगलौज किन गरेको?

९) जिल्लाका विभिन्न वडामा उठेका हाम्रा बागी उम्मेदवारलाई सम्झाउने प्रयत्न किन नगरको?

१०) तपाईले जिल्ला निर्वाचन मूल परिचालन समितिको एउटा पनि बैठक किन नगरेको?

११) कुनै पनि पालिकास्तरीय चुनावी योजना र चुनावी अभियान किन नबनाएको?

१२) एमालेले एक पनि सिट जित्दैन "फिक्स" हो भनेर कुप्रचार किन गरे?

१३) स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट लम्की चुहा नगरपालिकामा प्रमुख पदका उम्मेदवार महादेव बजगाईं र जुना चौधरी र घोडाघोडीका नगर प्रमुखका उम्मेदवार ममताप्रसाद चौधरीलाई जसरी पनि हराउछु भनेर सार्वजनिक रुपमा अभिव्यक्ति किन दिएको?

१४) यी दुबै उम्मेदवारलाई नहराई मेरो मिसन पूरा हुँदैन, तपाईले आफ्नो घरमा केही नेता कार्यकर्तालाई बोलाई टाउको काटेर शुरुका दुई सूर्य छोडेर भोट हाल्नु भनी उर्दी जारी गरेर अन्तर्घात गरेको हो वा होइन?

१५) नेपाली काँग्रेससंग साँठगाँठ गरि लम्की चुहामा महादेव बजगाई र जुना चौधरी हराउने अनि घोडाघोडीमा ममता प्रसाद चौधरी लगायतलाई हराउने कार्य किन गरेको?

१६) चुनावको बिचमा घोडाघोडीमा गई विभिन्न मितिमा होटलमा बसेर ममता लगायतलाई हराउन योजना बनाई केही पार्टी नेतृत्वलाई किन चलाएको?

१७) लम्की चुहाको चुनावी आमसभामा किन सहभागी नभएको?

१८) निर्वाचन अवधिभरी जिल्लाको चुनावी अवस्थाको कुनै पनि रिपोटिङ पार्टी पंक्तिभित्र कही कतै कसैलाई पनि किन नगरेको?

१९) पार्टी अध्यक्षजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले एमालेको भविष्य छैन भन्दै किन हिँडेको?

२०) तपाईले लम्कीचुहा कार्यपालिका चुनावमा पार्टीका उम्मेदवारबिरुद्ध भोट किन हाल्न लगाएको?

२१) तपाईले नेपाली कांग्रेससँग बार्गेनिङ गर्दै गरेको भन्ने कुरा बजारमा किन चल्दै छ?

२२) तपाई आजभोलि पार्टीको कुन निकाय र नेतृत्वसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ?

२३) नेकपा (एमाले) पार्टीको जिल्ला अध्यक्षजस्तो गरिमामय पदमा आसिन व्यक्तिले पार्टीको हित र नीति विपरीत गतिविधि गरी अन्तरघाति कार्य गर्न मिल्छ कि मिल्दैन?


प्रकाशित मिति: सोमबार, असार ६, २०७९, १८:२३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
भीमदत्त राजमार्ग छेउछाउसँगैको जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास, बर्सेनि वन क्षेत्र अतिक्रमणको चपेटामा
भीमदत्त राजमार्ग छेउछाउसँगैको जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास, बर्सेनि वन क्षेत्र अतिक्रमणको चपेटामा
प्रतिनिधिसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज बस्दै
ताजा समाचार
 नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए  नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए मंगलबार, जेठ २३, २०८०
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
विश्व/प्रबास
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने गोदावरी न्युज
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू गोदावरी न्युज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक गोदावरी न्युज
समाज
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ मंगलबार, जेठ २३, २०८०
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला मंगलबार, जेठ २३, २०८०
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै मंगलबार, जेठ २३, २०८०
कला /साहित्य
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै शुक्रबार, जेठ १२, २०८०
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा बिहिबार, चैत २३, २०७९
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक शुक्रबार, चैत ३, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2023 All rights reserved.
Site by: SoftNEP