अत्तरिया - सुदुरपश्चिमका चर्चित मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक भएको छ । "तिमिलाई चिन्न सकिन" बोल को गित रोसन सिँ युटुब च्यानलबाट सार्बजनिक भएको हो ।
गितमा खडका संगै रिया साउँद ले अभिनय गरेकी छन् । गितमा चर्चित गायक प्रमोद खरेल ले स्वर दिएका छन् ।
भिडियो को निर्देशन प्रकाश मल्लले गरेका छन् । म्युजिक भिडियो को छायांकन कैलालीका विभिन्न ठाउँमा गरिएको छ । ज्ञानेन्द्र अत्तरियाका ब्यबसायी हुन । अत्तरियामा उनको बडिमालिका रि-कन्डिसन हाउस रहेको छ । छोटो समयमा खड्काले ब्यबसायिक सफलता समेत पाएका छन् ।
खड्का को नेपाली कला क्षेत्रका कलाकारहरु संग पनि राम्रो सम्बन्ध रहेको छ ।मोडेल खड्काले अब आफू अभिनय क्षेत्रमा निरन्तर लाग्ने बताए ।