अत्तरिया - राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल ,अत्तरिया कैलालीको आयोजनामा प्रदेश स्तरिय खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता २०७९ हुने भएको छ । प्रतिष्ठानले आज अत्तरियामा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।
प्रतियोगिता यहि माघ २७ र २८ गते हुनेछ । प्रतियोगिताको विजेता हुनेले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रदेश सरकारले प्रतियोगिताको लागि ३ लाख छुट्याएको थियो ।
यस्तै प्रतियोगितामा तृतीय स्थान हासिल गर्नेले १० हजार र सान्त्वना पुरस्कार ५ हजार दिइने आयोजकले जनाएको छ ।