अत्तरिया -कैलालीको अत्तरियामा जारी महोत्सबमा आईतबार दर्शकको सहभागिता उल्लेख रहेको थियो । माधी बिदा भएकाले स्थानियहरुको सहभागिता उल्लेख्य रहेको हो ।
महोत्सबमा किनेमेल गर्नेहरुको भिड लागेको थियो । दर्शकहरुको सँख्या बढेपछि स्टल राखेका ब्यबसायीहरु पनि खुशी थिए । आईतबार महोत्सबमा चर्चित गायिका इन्दिरा जोशी, गायक चेतन बोहरा लगाएतका कलाकारहरुले दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।
गायिका जोशीले आफ्ना चर्चित गीतहरु 'चौबन्दी चोली अनि रातो घांगर बेहुली', 'उध्रेको चोली''रेलिमाई' मार्फत दर्शकलाई नचाएकी थिइन ।
महोत्सबमा उदघोषण चर्चित उदघोषिका शितल शर्माले गरेकी छन् । अत्तरिया उधोग बाणिज्य संघको आयोजनामा महोत्सब सन्चालन भईरहेको छ । महोत्सब माघ ९ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

