काठमाडौं - लोकप्रिय गायिका निरुता खत्री रारा म्युजिक अवार्डबाट सम्मानित भएकी छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा काठमाण्डौमा सम्पन्न एक भब्य कार्यक्रमका बिच गायिका खत्री रारा म्युजिक अवार्डबाट सम्मानित भएकी हुन् ।
देउडा गायन तर्फ आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका खत्रीले मेरी राईझुमा बोलको गितवाट सर्वोेत्कृष्ट देउडा गायिकाको अवार्ड प्राप्त गरेकी हुन् । सोही गितवाट उनीसंगै गायक सुमन ताम्राकारले पनि अवार्ड प्राप्त गरेका छन् ।
उनले सर्वोेत्कृष्ट देउडा गायिकाको अवार्डवाट सम्मानित भएपछि खुसी ब्यक्त गर्दै मेरी राईझुमा गितमा आबद्ध सम्पुर्ण टिमलाइ र रारा राष्ट्रिय म्युजिक अवार्ड परिवारलाई धन्यवाद दिएकी छन् ।
उनले यो सम्मानले आफूलाई गितसंगितको क्षेत्रमा थप बल र हौसला मिलेको प्रतिकृया दिएकी छन् । कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मले सो अवार्डको आयोजना गरेको थियो ।