Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, जेठ २३, २०८०
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
कृषि
  • गृहपृष्ठ
  • समाचार
  • कैलालीमा पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन गरिँदै
कैलालीमा पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन गरिँदै
64x64
बिहिबार, चैत १६, २०७९ गोदावरी न्युज
कैलालीमा पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन गरिँदै

 कैलाली - कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । 

बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रगिनको कार्यमा लगाएको छ । बीजवृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रगिन गराइरहेको छ । 

उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रगिनको काम गराइरहेको रगिन कार्यका फोकल पर्सन फुलराम कठरियाले बताए । “हामी किसानसँगै रगिन कार्यमा खटेका छौँ, रगिन गर्दा किसानलाई नै फाइदा पुग्छ”, उनले भने, “यहाँ व्यक्तिगत र समूहमा मिलेर बीजवृद्धिका लागि गहुँ खेती गरिएको छ ।”

बीजवृद्धि सहकारी मुनुवाले यस वर्ष करिब एक सय ५० हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँको बीजवृद्धि खेती गरेको छ । गुणस्तरीय बीउ उत्पादनअन्तर्गत जातीय शुद्धताका लागि खडा र तयारी अवस्थामा रहेकोे गहँुबालीमा अनावश्यकरुपमा रहेको बेजात झार हटाई जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रगिन भनिन्छ । रगिन गर्दा खडा र तयारी अवस्थामा रहेको खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ । सोहीअनुसार आफूहरुले रगिन गरिरहेको मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए । 

“बेजात, झारपात हटाउनका लागि रगिन गरिएको हो”, उनले भने, “बेजात र झारपात हटाएमा गुणस्तरीय बीउ तयार हुन्छ । यो कार्य बाली पोकेका बेला गर्न सकिन्छ ।”

गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रगिन गर्नुपर्ने हुन्छ । बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुईपल्ट रगिन गरिनु आवश्यक भएको प्राविधिक बताउँछन् । रगिन बाली पसाउनुपूर्व र बाली तयारीपूर्व गर्ने गरिन्छ । 

यसरी रोपिएका जातमा बेजात बाली हटाउने, विभिन्न झारपात हटाउने कार्य गरिन्छ । सोही आधारमा रगिनको टोली बनाएर गहुँ बालीको निरीक्षणसहित रगिन गर्ने कार्य भइरहेको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए ।

बीउमा शुद्धता नहुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रगिन गर्नुपर्दछ । रगिन गर्दा कृषि प्राविधिकको निरीक्षणसहित फिल्डमा काम गर्नुपर्ने भएकाले बीजवृद्धिका क्षेत्रमा क्रियाशील कृषि सहकारी, समूहले विशेष रगिन टोली बनाई काम भइरहेको क्षेत्रीय बीउबीजन प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताए । 

“विगत वर्षबाटै यो भइहरेको छ । रगिन गर्दा किसान, समूहलाई मात्र दिएर हुँदैन”, उनले भने, “स्वयं किसानलाई बालीको माया लाग्ने भएकाले बेजात हटाउन लोभ गर्नुहुन्छ । त्यसैले टोली बनाएर रगिन गर्न सल्लाह दिएका छौँ ।”  रासस


प्रकाशित मिति: बिहिबार, चैत १६, २०७९, ०९:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले अबदेखि तरकारी तथा फलफूल आयात गर्दा १३ प्रतिशत भ्याट लगाउने
सरकारले अबदेखि तरकारी तथा फलफूल आयात गर्दा १३ प्रतिशत भ्याट लगाउने
डोटीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु
डोटीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु
बैतडीको सतबाँझमा लटरम्मै फल्न थाल्यो गोल्डेन स्याउ
बैतडीको सतबाँझमा लटरम्मै फल्न थाल्यो गोल्डेन स्याउ
बेलडाँडीका जागरुक महिला : व्यावसायिक तरकारी खेतीबाट गतिलो आम्दानी गर्दै
बेलडाँडीका जागरुक महिला : व्यावसायिक तरकारी खेतीबाट गतिलो आम्दानी गर्दै
ताजा समाचार
 नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए  नेपालमा ११ जना कोरोनाका संक्रमित थपिए मंगलबार, जेठ २३, २०८०
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै धनगढीका बिधार्थी सडकमा
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
अत्तरिया उधोग बाणिज्य संघको २४ गते हुने चुनाबी अधिबेशन स्थगित
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
कैलालीमा गाडिएको अवस्थामा महिलाको शव भेटियो
विश्व/प्रबास
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने
आज पृथ्वीबाट हरित रङ्गको पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने गोदावरी न्युज
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू
२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू गोदावरी न्युज
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक गोदावरी न्युज
समाज
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ
लागुऔषधसहित धनगढीमा एक किशोरी पक्राउ मंगलबार, जेठ २३, २०८०
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला मंगलबार, जेठ २३, २०८०
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै
याेगगुरु रामदेव धनगढीबाट हेलिकप्टर मार्फत खप्तड जाँदै मंगलबार, जेठ २३, २०८०
कला /साहित्य
बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै बैतडीमा चर्मण्यावती सहित्य सम्मेलन हुँदै शुक्रबार, जेठ १२, २०८०
टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा बिहिबार, चैत २३, २०७९
सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक सुदुरपश्चिमका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित दोस्रो भिडियो सार्वजनिक शुक्रबार, चैत ३, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2023 All rights reserved.
Site by: SoftNEP