धनगढी - लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले २६९ जना प्राविधिक तर्फ कर्मचारीको माग गरेको छ ।
आयोगको धनगढी कार्यालयले सहायक चौथो प्राविधिक तर्फ विभिन्न पदहरुको लागि कर्मचारी माग गरेको हो।
आयोगले बिहिबार सूचना प्रकाशित गरी चौथो प्राविधिक तर्फ विभिन्न पदका लागि जागिर खुलाएको हो।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरिएको छ। प्रदेश लोक सेवा आयोगले जेठ ३ गते सम्म दरखास्त दिन सकिने जनाएको छ। यस्तै दोब्बर दस्तुर तिरी जेठ १० गतेसम्म पनि दरखास्त दिन सकिने छ।
१८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। साथै महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष उमेर अधिकतम उमेर कायम गरिएको छ। आवेदकले अनलाइनबाट फारम भर्न सक्ने जनाइएको छ।