बाजुरा - बुधवार दिउँसो बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भुकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्ला, कैलाली, कञ्चनपुर तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको छ ।
पछिल्लोपटक नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्दो छ।