सुदूरपश्चिम - सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ।
पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ।
भाद्र शुक्ल वा कृष्ण पञ्चमीका दिन विवाहित महिलाहरुले बिहानै स्नान गरी घरघरमा बिरुडा राखिसकेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपपोत गरी तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर पञ्चअन्न गहुँ, मास, गहत, गुरौँस र केराउ भिजाएर राख्ने गर्दछन् । जसलाई बिरुडा भिजाएको भनिन्छ । गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो ।
गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार वर्त रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा “बिरुडा” अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गरिएको छ । महादेव वर पाउन देवी पार्वतीले गरेको कठोर तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि गौरा मनाइँदै आएको धर्म सस्कृतीका जानकार हरि प्रशाद जोशीले बताए ।
पञ्चमिको दिन तामाको भाडामा गहुत, माँस, गहु गुरौस र केराउ पाँच अन्न मिसाएर महिलाहरुले फाग गाउदै भिजाउने गर्दछन । ति भिजाएको ५ अन्नलाई बिरुडा भनिन्छ ।
बिगत ३ वर्षदेखि कोरोनाले प्रभावित बन्दै आएको गौरा यस वर्ष चहलपहल बढेको छ । विदेशिएका दाजुभाईहरु पनि गौराका लागि घर फर्किसकेका छन् । विशेषगरी विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन्। सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ।
विशेषगरी विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन्। सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ।