अत्तरीया- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिपायल सिलगढी नगरपालिका–४ अन्तर्गत पर्ने राजपुर–कुमालीकोट सडक खण्डको अनुगमन गरेका छन् ।
स्थानीयबीच आपसी विवादका कारण सडक पूरै निर्माण हुन नसकेको तथा निर्माण भएको सडक विभिन्न ठाउँमा बिग्रेको जानकारी पाउनु भएपछि मुख्यमन्त्री भट्टले सडकको अनुगमन गरेका उनका स्वकीय सचिव शिवसिंह ओलीले बताए । मुख्यमन्त्री भट्टले भने, ‘सबै जनतालाई फाइदा हुने सडक निर्माणमा विवाद नगर्नुस्, बजेट थप चाहिए लेखेर पठाउनुस्, म विनियोजन गराउँछु ।’सुदूरपश्चिम प्रदेश सरकारबाट सडक निर्माणका लागि बजेट विनियोजित भए पनि स्थानीयवासीहरू बीचको आपसी विवादका कारण विनियोजित भएको रकम फ्रिज भएको वडाध्यक्ष अशोककुमार सोवले जनाउनु भयो ।
सडक निर्माणका क्रममा केही स्थानीयका घरखेत सडकमा पर्ने अवस्था देखिएपछि सडक निर्माणमा विवाद सिर्जना भएको स्थानीयले जानकारी दिए ।