धनगढी - सुदूरपश्चिमकै सबै भन्दा जेठो र ऐतिहासिक पुस्तकालयको रूपमा रहेको कैलाली जनपुस्तकालय धनगढीको गत असार २५ गते सम्पन्न ४५ औं साधारण सभाबाट निर्बाचित कार्यसमितिको पहिलो बैठकले आज बिधान अनुसार पदाधिकारी चयन गरेको छ। बैठकले पुस्तकालयको उपाध्यक्षमा शिवराज ओझा, सचिबमा टंक प्रसाद जोशी ,सह सचिबमा सुभाष संकल्प भण्डारी र कोषाध्यक्षमा शेरसिंह खड्कालाई चयन गरेको छ अध्यक्ष डा.टीएन जोशीले बताए । बैठकले कार्यसमितिमा बिधान अनुसार मनोनित गर्नु पर्ने चार जना सदस्यहरूमा भक्तराज जोशी,लीलाधर बास्कोटा, मेघा भट्ट र राजेन्द्र रैकालाई मनोनित समेत गरेको छ। यसै गरि बैठकले पूर्व अध्यक्ष उमाकान्त जोशीको संयोजकत्वमा सल्लाहकार समिति चयन गरेको छ।
सल्लाहकार समितिमा यज्ञराज यात्री,ज्यो.पं मनिराज जोशी,श्रेष्ठ प्रिया पत्थर,हरिलाल गिरी,रामलाल जोशी, भुवन चन्द, हर्ष बहादुर शाही,खेमबहादुर मल्ल र चेतराज पनेरूलाई मनोनित गरिएको छ। प्राबिधिक सल्लाहकारमा सब इन्जिनियर दीर्घराज जोशी र कानूनी सल्लाहकारमा अधिवक्ता प्रेम चन्दलाई मनोनित गरिएको छ। यसैगरी पुस्तकालय बैठकले संस्थालाई आवश्यक सुझाब तथा परामर्शका लागि विशेष परामर्शदाताको रूपमा विज्ञ समिति गठन गरेको छ। विशेष परामर्शदाता विज्ञ समितिमा पद्मराज जोशी ' प्रभात',धर्मदेव भट्ट, सूर्यप्रसाद जोशी,प्रा.शिवराज श्रेष्ठ,जागृति बोगटी,प्रा.जगन्नाथ जोशी,गगनसिंह ऐर,खेमराज पाण्डेय,तेजबहादुर सिंह,बिमला पौडेल स्वार,लक्षीराम आचार्य, उप प्रा.रमेश प्रसाद जोशी, मदनराज पाण्डेय र रामदास चौधरीलाई चयन गरिएको छ।
बैठकले ४५ औं साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने निवर्तमान प्रबन्ध समिति, सल्लाहकार समिति निर्वाचन समिति, आजीवन सदस्यहरू, पुस्तकालयका कर्मचारीहरू तथा शुभेच्छुक सबैलाई धन्यबाद दिने निर्णय गरेको समेत अध्यक्ष डा.जोशीले बताए।साथै बैठकले निर्माणाधीन पुस्तकालय भवनको बाँकी काम समेत सुचारू गर्ने निर्णय गरेको छ। बैठक पछि पुस्तकालयका अध्यक्ष उप प्राध्यापक डा.टीएन जोशीले सहयोगी सबैलाई धन्यबाद व्यक्त गर्दे अबको ३ वर्ष भित्र कैलाली जनपुस्तकालयलाई नमूना पुस्तकालयको रूपमा विकसित गर्न आफू सकृय रहने बताए।