धनगढी- सुदुरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको सरकारकी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।
उनले अधिवेशन अन्त्य गर्ने समय भइसकेको र सरकारसँग बिजनेस नभएका कारण अन्त्य गर्ने निर्णय भएको जानकारी दिईन् ।