धनगढी - पूर्व राजा ज्ञानेन्द्र शाहले सुदूरपश्चिम भ्रमण गर्ने भएका छन्। भ्रमणको दौरान धनगढीमा जेठ ६ गते पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ। पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ।
नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्व राजपरिवार धनगढी पुग्ने छन्। पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको जोशीले बताए।
जेठ ६ गते सुदूरपश्चिमका हजारौं मानिस पूर्व राजाको अभिनन्दन समारोहमा उपस्थित हुने जोशीको दाबी छ।