बारा -प्रधानमन्त्री शेरबहादुर देउवा सहित गठबन्धनका शीर्ष नेता प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको निरीक्षणका लागि बारा पुगेका छन्।
उनीहरू शनिबार बिहान काठमाडौंबाट बारा पुगेका हुन्। बारामा स्थानीय नेतासँग छलफल गर्नेछन्। यससँगै स्थानीय तहका जनप्रतिनिधिसँग पनि निजगढका विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसपछि उनीहरूले निजगढ विमानस्थल क्षेत्रको निरीक्षण गर्ने जनाइएको छ। प्रधानमन्त्री सहितको टोलीमा नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायत नेता छन्।
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी सरकारले अहिलेसम्म गरेका निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ।