काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रचण्डलाई भेट्न अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् ।
भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् ।उनीहरु बीच भेटवार्ता करिब आधा घण्टा भएको थियो ।
भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको बताइएको छ ।