अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले अपाङ्गता परिचय पत्र बितरणको कार्यलाई तिब्रता दिएको छ । अपाङ्गता परिचय पत्र बितरणको जिम्मा स्थानिय तहमा आएपछि गोदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाले नगरपालिकाको १२ वटै वडा भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचय पत्र बितरण गरिरहेको हो ।
प्रत्येक महिनाको १ गते र १६ गते गरेर महिनामा २ दिन परिचय पत्र बितरण गरिदै आएको छ । गोदावरी नगरपालिका महिला तथा बालबालिका शाखाका अधिकृत गोदावरी खत्रीले चालु आर्थिक बर्षको हाल सम्म रातो , निलो , पहँेलो र सेतो चार प्रकारका गरि ४ सय २४ जनालाई परिचय पत्र बितरण गरिएको जानकारी दिइन् । अधिकृत खत्रीले क बर्गको रातो परिचय पत्र ३९ , ख बर्गको निलो परिचय पत्र २२८ , ग बर्गको पहेलो परिचय पत्र ८८ र घ बर्गको सेतो परिचय पत्र ४८ गरी जम्मा ४ सय २४ जनाले परिचय पत्र प्राप्त गरेको बताइन् ।
उनले शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिहरुको प्रकृति हेरेर बिभिन्न बर्गमा छुट्याएको बताइन् । अपाङ्गता परिचय पत्र बितरणको कार्यलाई निस्पक्ष र स्वाच्छ बनाउन अपाङ्गता क्षेत्रमा काम गर्ने संघसस्थाका पदाधिकारीलाई समेटेर बनाइएको नगरस्तरिय समन्ब्य समितिको निर्णय र डक्टरको रिपोर्टका आधारमा निर्देशिका बमोजिम परिचय पत्र बितरण गरिरहेको उनले बताइन् । पछिल्लो समय क बर्गको रातो र ख बर्गको पहेलो परिचयपत्र बढी बितरण भैरहेको शाखा अधिकृत खत्रीको भनाई छ ।
उनले क बर्गको रातो परिचय पत्र प्राप्त गरेकाहरुले चालुआर्थिक बर्षको साउन महिना देखी मासिक ३ हजार र ख बर्गको पहेलो परिचयपत्र पत्र प्राप्त गरेकाहरुले मासिक १६ सय रुपैया मासिक भत्ता पाइरहेको छन् । यद्धपी ग र घ बर्गलाई भने मासिक भत्ताको ब्यबस्था नहुदा ग बर्गको पहेलो र घ बर्गको सेतो परिचय पत्र बनाउनेहरु भने कमै आउने गरेको बताइन् । गोदावरी नगरपालिका भित्र पछिल्लो समय अपाङ्गता भएका ब्यक्तिहरुको संख्या बढ्दो क्रममा रहेको महिला तथा बालबालिका शाखाले जनाएको छ ।
शाखा अधिकृत खत्रीले अपाङ्गता परिचय पत्र बितरण गरिरहने क्रममा अपाङ्गताको संख्या बढ्दो रहेको बताइन् । उनले पुरानो तथ्याङ हेर्दा १ हजार ८४ जना रहेकोमा यस बर्ष २ हजार देखी २२ सय सम्म पुग्ने अनुमान गरिएको बताइन् । आफ्नो नगरभित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको संरक्षण गर्न गोदावरी नगरपालिका निरन्तर लागि रहेको अधिकृत खत्रीले बताइन् ।
उनले बिगतमा पनि अपाङ्गता भएका ब्यक्तिहरुका पक्षमा नगरपालिकाले काम गरिरहेको र अझै पनि अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार , संरक्षण एबम् सम्बद्धन गर्न आगामी दिनमा लोकसेवाका तयारी कक्षाहरु , आय आर्जनका सिप मुलक तालिमहरु , ह्वाल चियर बितरण लगाएतका थुप्रै कामहरु गरिने बताइन् ।
अब नगरपालिकावाट भन्दा पनि प्रत्येक वडा वडावाट अपाङ्गता भएका सबै ब्यक्तिहरुलाई समेट्ने गरी उनीहरुको हक अधिकार दिने बिषयमा कुराहरु भैरहेको अधिकृत खत्रीले जानकारी दिइन् ।