अत्तरिया - नेपाली काग्रेशका नेता सुनिल कुमार भण्डारीले काग्रेशको भबिष्य नेविसंघको हातमा रहेको बताएका छन् । शनिवार कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलानीमा नेविसंघले आयोजना गरेको तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कागे्रशका पुर्व केन्द्रिय सदस्य समेत रहेको नेता भण्डारीले अबको कागे्रश कस्तो बनाउने भन्ने ठुलो जिम्मेवारी भातृ संगठन नेविसंघलाई आएको बताए । उनले पहिलेको नेविसंघ र अहिलेको नेविसंघमा धेरै फरक आएकाले अहिलेको नेविसंघमा थुप्रै चुनौतिहरु रहेको बताए । अहिलेका पार्टीका शिर्ष नेताहरु सबै बिधार्थी राजनितिवाट आएको बताउदै उनले नेविसंघका आबद्ध भएकाहरुले जस्तो सुकै समस्या र चुनौतिहरुलाई त्याग्दै नया जोसजागर र उर्जाका साथ अघि बढ्नुपर्ने बताए ।
उनले पहिलोको जस्तो नेबिसंघ अहिले जिवन्त रहन नसकेको बताए । यसका लागि पार्टीका केन्द्रिय नेताहरुले पनि आफ्नो पछिको नेतृत्वलाई संगसंगै लैजानुपर्ने उनको भनाई थियो । अहिले कागे्रशको ठुलो आशा भरोसाको भातृ संगठन भनेको नेबिसंघ नै भएकाले पार्टी र देशलाई सही दिशामा अघि बढाउन नेबिसंघले बलियो भएर जानुपर्ने बताए । उनले पार्टीमा रहेका गुट उपगुटका कुराहरुलाई सबैले पहिला आफुवाट हटाउनुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथी रहनुभएका नेता भण्डारीले काग्रेशको आपसी बिवादले अहिले पार्टीको अबस्था यस्तो देखिएकाले अब कुनै ब्यक्तिका पछाडी नलागि बिचार र त्यागको राजनिति गर्न बिधार्थीहरुलाई सुझाव दिए ।
कार्यक्रममा बोल्दै काग्रेश नेता हिरादत्त भट्टले सबै भन्दा पहिला आफु सबै क्षेत्रमा सक्षक र अब्बल हुनुपर्ने बताए । उनले अब दुई चार बर्ष पछि सम्पुर्ण जिम्मेवार नेबिसंघको काधमा आउने बताए । तर त्यसका लागि नेविसंघको काध बलियो भएर आउनुपर्ने उनको भनाई थियो । कार्यक्रममा बोल्ने बिधार्थी नेताहरुले पार्टीको माथिल्लो तहमा रहेका नेतृत्वकर्ताहरुले आफ्ना भातृ संगठनका बारेमा कहिल्यै नसोचेको बताएका थिए ।
नेबिसंघका नेता बिष्णु बडैलाले आवश्यक परेको बेला मात्रै नेविसंघका बिधार्थीहरुको आवश्यकता महशुस गर्ने तर अघिपछि मतलब नराख्ने गरेको बताए । उनले अबका दिनमा नेबिसंघलाई मजबुत बनाउन बेला बेलामा पार्टीवाट सहि सुझाव , सल्लाहा र प्रशिक्षणका कार्यक्रमहरु गरिनुपर्ने उनीहरुको भनाई थियो ।
नेबिसंघका नेता बिष्णु बडैलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कैलाली क्षेत्र नं ४ प्रदेश सभा ख का सभापति खेम साउँद , काग्रेशका महासमिति सदस्य खडक सिं बडैला , गोदावरी नगरपालिका वडा नं १० का वडाअध्यक्ष रविन्द्र शाही , वडा नं १२ का वडाअध्यक्ष भिम बहादुर खड्का , नेविसंघका नेता पदमराज ओझा लगाएतले शुभकामना मन्तब्य राखेका थिए । महेन्द्र बडैलाले कार्यक्रमको संचालन बिष्णु साउँदले गरेका थिए ।