धनगढी - कैलालीको धनगढीबाट श्रम स्वीकृतिको कार्य सुरु भएको छ । सोमबारदेखि काठमाडौं केन्द्रित वैदेशिक रोजगार सम्बन्धी सबै प्रकारका सेवाहरू सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट दिन सुरु गरिएको हो ।
धनगढीको श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाह सुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले धनगढी र सुर्खेतबाट सेवा प्रवाहको सुरुवात गरेका छन् । अबदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलका अतिरिक्त श्रम तथा रोजगार कार्यालय धनगढीबाटै सेवा प्रवाह हुने छ ।
श्रम तथा रोजगार कार्यालयलबाट अनलाईनमार्फत संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रवाह हुने छ । श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन गर्न र श्रम स्वीकृति प्राप्त भएपछि मात्रै हवाई टिकट खरिद गर्न सकिने छ ।