अत्तरिया - कैलालको अत्तरियामा मंगलबार देखी सम्बृद्ध गोदावरी प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम सुरु भएको छ । अत्तरिया स्थित दिवस सिनेमा हलमा ३ दिन सम्म चल्ने प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको मंगलबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले उद्घाटन गर्नुभएको हो ।
सुदुरपश्चिम प्रदेशको स्थायी राजधानीसंग जोडिएको गोदावरी नगरपालिकालाई कसरी सम्बृद्ध बनाउन सकिन्छ भन्ने उध्ेश्यका साथ गोदावरी चेम्बर अफ कर्मशले उक्त कार्यक्रमको आयोजना गरेको हो । गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्लको सभापतित्वमा सुरु भएको कार्यक्रममा नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहनुभएको थियो ।
यस्तै कार्याक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत , कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.पदमराज जोशी , कान्तिपुर पत्रिकाका सुदुरपश्चिम ब्युरो प्रमुख चित्राङग थापा र कैलाली हाडबेयस संघका अध्यक्ष सुरेन्द्र राठी बिशिष्ट अतिथी रहनुभएको थियो । कार्याक्रममा बोल्दै नगरप्रमुख साउँदले सम्पुर्ण नगरबासीको जनचेतनाका बिकास नभए सम्म गोदावरी नगरपालिका सम्बृद्ध नगरपालिका बन्न नसक्ने बताए ।
उनले कुनै पनि सफलता हात पार्न सर्वप्रथम आफ्नो मनस्थितिथी आफुमा जनचेतनाको विकास हुन आवश्यक रहेको बताए । गोदावरी चेम्बर अफ कर्मशले नगरपालिकालाई अगाडी बढाउन महत्वपुर्ण सहयोग पुञ्यारहेको भन्दै प्रशंसा गरे । उनले प्रदेशको मुटुमा रहेको गोदावरी नगरपालिकालाई सम्बृद्ध बनाउन जनप्रतिनिधि र कर्मचारी एक्लैले नसक्ने हुदा सबैको साथ र सहयोग चाहिने बताए ।
यस्तै कार्यक्रममा बोल्दै उप प्रमुख रत्ना कडायतले कार्यक्रममा सहभागि बिभिन्न बिधालयका बिधार्थीहरुलाई जति जति नया कुरा सिक्दै गयो त्यति नया ज्ञान आर्जन गर्न सकिने बताइन् । उनले अहिलेका बालबालिका नै भोलीका समाज परिर्वतनका मुख्य आधार भएकाले सानै उमेरवाट आफ्नो गाँउ ,नगर र देशप्रतिको माया र जिम्मेवारी बुझ्नुपर्ने बताइन् । उनले प्रशिक्षणवाट धेरै भन्दा धेरै कुराहरु सिकेर ब्यवहारिक जिवनमा लागु गर्न सबैमा आग्रह गरिन् ।
कार्यक्रममा गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्लले उक्त प्रशिक्षणमा सबै नगरबासीले सहभागिता जनाउन सक्ने बताए । उनले गोदावरी नगरपालिकालाई सामाजिक , आर्थिक र भौतिक रुपमा कसरी सुबिधा सम्पन्न बनाउन सकिन्छ , कसरी देशभरकै सम्बृद्ध नगरपालिका बनाउन सकिन्छ भन्ने बारे सबै नगरबासी बिच अन्तरकृया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए । उनले उक्त कार्यक्रम तिन दिन सम्म चल्ने बताए ।
कार्यक्रममा मंगलबार कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.पदमराज जोशी , कान्तिपुर पत्रिकाका सुदुरपश्चिम ब्युरो प्रमुख चित्राङग थापा र कैलाली हाडबेयस संघका अध्यक्ष सुरेन्द्र राठी र बरिष्ठ पत्रकार घन बा शाहले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । यस्तै भोली बुधबार शिक्षाबिद् डा. हेमराज पन्त , राजनितिज्ञ लेखराज भट्ट , सामाजिक अभियान्ता गोपाल हमाल , सुभाष शाही र वरिष्ठ पत्रकार दिल बहादुर छत्यालले प्रशिक्षण दिने कार्यक्रम रहेको अध्यक्ष मल्लले जानकारी दिए ।
गोदावरी चेम्बर अफ कर्मशका कोषाध्यक्ष मोहम्मद नइमुदिन भाटको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन महासचिब लिलाराम सापकोटाले गर्नुभएको थियो । कार्यक्रमलाई गोदावरी नगरपालिकासंगै लायन्स क्लब अफ अत्तरिया सिटि , अत्तरिया जेसिज , अत्तरिया बजार ब्यबस्थापन समिती र गोदावरी होटल ब्यबसाय संघले सहयोग गरेका छन् ।