काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निकटतम प्रतिस्पर्धि एमालेका केशव स्थापितभन्दा ५ सय ९० मतको अग्रता लिएका छन्।
४ हजार ४ सय ४४ मतगणना हुँदा बालेनले १ हजार ५ सय ७५ मत प्राप्त गरेका छन्।
एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन्।
राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन्।
अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ।