अत्तरिया – राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यालयले (ख) वर्गका अति अशक्त अपाङ्गता भएका व्यक्तिको समाजिक सुरक्षा भत्ता काटेको भन्दै आपत्ति जनाएको छ ।
महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दै अति अपाङ्गता भएका व्यक्तिको समाजिक सुरक्षा भत्ता काटेकोमा आपत्ति जनाएको हो । गत चैत्र पञ्चीकरण विभागले सबै स्थानीय तहलाई अशक्त अपाङ्गता भएका व्यक्तिहरुको समाजिक सुरक्षा भत्ता निरन्तर नगर्ने भन्ने परिपत्र जारी गरेपछि महासंघले आपत्ति जनाउदै कदम सच्याउन माग अघि सारेको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यालयका अध्यक्ष उपेन्द्र बहादुर खडायतले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा सरकारले निर्णय नसच्याए गाउँ गाउँबाट आन्दोलनको चेतावनी दिएका छन् ।

