काठमाडौं - सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। उनका अनुसार पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ।
विमान दुर्घटनामा ज्यान गुमाउने अधिकांश नेपाली रहेका छन् । ६८ यात्रु र चालक दलका चार सदस्यसहित ७२ जना सवार विमान दुर्घटनामा नेपाली ५३ जना रहेका छन् ।