नेपालगंज – यात्रु बोक्ने अटोरिक्साबाट पेस्तोल बरामद भएको छ । डुडुवा–४ का मेराज अलि सैयदले चलाएको भे १ स ८३२६ नम्बरको अटोरिक्सामा पेस्तोल बरामद भएको हो । अटोरिक्साको पछाडि यात्रु बस्ने सीट मुनी कालो प्लाष्टिकमा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरीको टोलीले सैयदलाई गणेशपुरबाट नियन्त्रणमा लिएको थियो । पेस्तोल सैयदकै हो कि अरुको हो भन्ने बारेमा अहिले सोधपुछ भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
सैयदले बिहान एकजना अपरिचित व्यक्ति अटोमा बसेको र उसैको हुन सक्ने जिकिर गरेका छन् । सीमावर्ती जिल्ला भएकाले नेपालगञ्जमा साना हतियारमा सहजै पहुँच हुने गरेको पाइएको छ ।