धनगढी - सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा ४६ जनामा कोरोना परिक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टि हो ।यस्तै ३९ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ४ जनाको आइसियुमा र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।