अत्तरिया - कैलालीमा एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलालीका दुई पुरुषको मृत्यु भएको हो ।
यही माघ ७ गते कोरोना पुष्टि भई आईसियूमा राखेर उपचार गराई रहेका बर्दगोरिया गाउँपालिकाका ७५ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
उनको आज दिउँसो ४ बजेर ४० मिनेटमा मृत्यु भएको हो । यस अघि आजै बिहान सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका वडा नं ५ का एक पुरुषको मृत्यु भएको थियो ।