अत्तरिया - कैलालीका कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका १ शान्तिनगर बस्ने ७७ वर्षिय बृद्धको आज बिहान मृत्यु भएको हो ।
यही माघ ६ गते अस्पतालमा भर्ना भएका ति बृद्धको आइसीयूमा उपचार भैरहेको थियो । आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।