धनगढी - सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा २८२ जनामा कोरोना परिक्षण गरिएकोमा १७६ जनामा संक्रमण पुष्टि हो ।यस्तै १०६ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये २ जना को आइसियुमा उपचार भईरहेको छ । त्यस्तै , आज अस्पतालमा ६ जना नयाँ बिरामी भर्ना भएका छन् भने १ जना निको भई घर फर्केका छन् ।
त्यस्तै , कञ्चनपुरका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत जिल्लाको कृष्णपुर नगरपालिका २ का ५२ वर्षीया पुरुषको मृत्यु भएको हो ।पुष २५ गते अस्पतालमा भर्ना भएका उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।