विश्वभर एकै दिन ८ हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टाको अबधिमा विश्वका बिभिन्न देशहरुमा गरेर ८ हजार १९८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा अमेरिकामा सबै भन्दा बढी २ हजार १९९ जना रहेका छन् ।
यस्तै भारतमा ४८९, रसियामा ६९२, इटलीमा ३७३, ब्राजिलमा ३९६ र मेक्सिोकोमा २७८ जना रहेका छन् । यस्तै एकैदिन ३३ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा गरिएका परीक्षणमा ३३ लाख १२ हजार १८५ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा अमेरिकामा ५ लाख ४८ हजार, भारतमा ३ लाख ३५ हजार, फ्रान्समा ४ लाख ८ हजार र इटलीमा १ लाख ७९ हजार संक्रमित थपिएका छन् ।
यस्तै‚ ब्राजिलमा १ लाख ६८ हजार, स्पेनमा १ लाख ४१ हजार, जर्मनीमा १ लाख ३८ हजार र अर्जेन्टिनामा १ लाख १८ हजार मानिसमा संक्रमण देखिएको हो । गत २४ घण्टामा १५ लाख ६६ हजार मानिस संक्रमणमुक्त भएका छन् ।