जोनापुर – कैलालीको गोदावरी नगरपालीका ८ जोनापुरमा अन्तर बिद्यालय प्रदेश स्तरीय छात्र फुटबल प्रतियोगिता हुने भएको छ । मदरल्याण्ड युथ क्लबको आयोजनामा फागुन ३ गते देखि १० गते सम्म प्रतियोगिताको आयोजना हुने बुधबार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
‘जोनापुर गाउको पहिचान, फुटबल बिकासको अभियान’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा कम्तिमा १६ विद्यालयको सहभागिता हुने आयोजक मदरल्याण्ड युथ क्लबका अध्यक्ष श्रवण चौधरीले जानकारी दिए । उनले बिद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । यस अघि क्लब स्तरीय प्रतियोगिता गर्दै आएको मदरल्याण्ड युथ क्लबले यस बर्ष भने बिद्यालय स्तरीय प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा सदुरपश्चिम प्रदेश भरिका सबै जिल्लाका बिद्यालयको सहभागिता गराउने प्रयास भईरहेको प्रतियोगिताका संयोजक गोपाल चौधरीले बताए ।
झण्डै २ लाख नगद धनराषि रहेको प्रतियोगिताको बिजेताले १ लाख पुरस्कार पाउने छ भने उपविजेताले ५० हजार पुरस्कार पाउने छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने अन्य दुइ टोलिलाइ पनि १०÷१० हजार पुरस्कार दिइने क्लबका उपाअध्यक्ष बुद्धिराम चौधरीले बताए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट रक्षक र उदयमान खेलाडीलाइ एक एक हजार पुरुस्कार दिइने आयोजकले जनाएको छ ।