अत्तरिया - इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि नेपाली लेग स्पीनर सन्दीप लामिछाने कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । चेन्नाईमा भइरहेको अक्सनमा लामिछाने ’अनसोल्ड’ भएका हुन् ।
न्युनतम भारतिय ४० लाख रुपैया मूल्य रहेका सन्दिपलाई पनि कुनै पनि टिमले किनेन ।
तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन् ।