Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
बिहिवार, माघ ८, २०७७ ०९:१३:५२
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेसद्धारा बिरोध प्रदर्शन
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु
एन्टिजेन विधिबाट सुदूरपश्‍चिमका चार जिल्लामा परीक्षण सुरु
कैलालीमा निर्वाचनका लागी प्रारम्भिक तयारी शुरु
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद
गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित
लामिछानेलाई आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
कोरोना भाइरसविरुद्धको खोप नेपालमा आइपुग्यो
समाज
  • Home
  • News
  • देशभर बाढी पहिरोको बितण्ड – वर्षौंसम्म भेटिदैनन बेपत्ता भएकाहरु
देशभर बाढी पहिरोको बितण्ड – वर्षौंसम्म भेटिदैनन बेपत्ता भएकाहरु २०६८ सालयता ८ सय २८ जना बेपत्ता भएपनि अहिले सम्म अत्तोपत्तो छैन
64x64
शनिवार, भदौ २७, २०७७ गोदावरी न्युज

अत्तरिया - यही भदौ २ गते राति अछामको रामारोशन गाउँपालिका ५ सैनीवजार स्थित कैलाश खोलामा आएको बाढीले ठूलो क्षति पुञ्यायो । अबिरल बर्षासंगै आएको बाढीले सैनीबजार रहेका घर र पसलहरु बगाउदाँ १७ जना बेपत्ता भए । ति मध्ये ८ जनाको शब फेला परेपनि ९ जना भने अझै बेपत्ता नै रहेका छन् ।

बेपत्ता भएदेखी नै सुरक्षा निकायले खोजी गरिरहेको भएपनि अहिले सम्म ९ जनाको अबस्था अज्ञात नै रहेको छ । बाढीले सैनीवजारका करीव ३० पसल, तरकारी संकलन केन्द्र, बिभिन्न संघसंस्थाका कार्यालय पनि बगाएको थियो भने झण्डै एक सय परिवार बिस्थापित भएका छन् । देशभर बाढी पहिरोले बर्सेनि ठूलो जनधनको क्षति पुञ्याउदै आएको छ ।

बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ । बाढीले बगाएकाहरू कतिपय बाढीमै बिलाएका छन् । पहिरोले पुरिएकाहरू पहिरोभित्रै हराएका छन्। यसले गर्दा परिवारका सदस्यलाई पीडा हुने गरेको छ । आफन्तले मृतकसरह मानेर काजकिरिया गरे पनि आउने आशा भने मार्न छाड्दैनन् ।

२०६८ सालयता बाढी पहिरोमा परी ८ सय २८ जना बेपत्ता भएका छन् । सबै भन्दा बढी २०७१ सालमा २ सय ६९ जना बेपत्ता भएका थिए । २०७० मा १ सय ६४, २०६८ मा १ सय २९ जना हराएको गृह मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीका अनुसार यो वर्ष बाढीपहिरोबाट ३ सय जनाको मृत्यु भएको छ । ८९ जना अझै बेपत्ता छन्। बागलुङको ढोरपाटनस्थित भुजी खोलामा हालै आएको बाढीमा १६ जना बेपत्ता छन्।

२२ जनाको शव भेटिएको छ। यही वर्ष सिन्धुपाल्चोकका लिदी, बाह्रबिसे, भोटेकोसी लगायत स्थानमा बाढीपहिरोले २४ जनालाई बेपत्ता बनाएको छ। सिन्धुपाल्चोकमा यही वर्ष ५६ जनाको मृत्यु भएको छ। संखुवासभाको सिलिचोङमा पहिरोमा परेका ११ जना बेपत्ता छन्। म्याग्दीमा ४, कालीकोटमा ६, जाजरकोटमा ५ जना बेपत्ता छन्।

काभ्रेपलाञ्चोक, सुनसरी, सिरहा, गोरखा, तनहुँ, स्याङ्जा, गुल्मी, सल्यान, बझाङमा १÷१ जना बेपत्ता छन्। यो वर्ष बेपत्ता भएकाहरू अझै भेटिने सम्भावना रहेको उपसचिव अवस्थीले बताए। सिन्धुपाल्चोकमै २०७१ सालमा जुरेको बाढी र पहिरोले १ सय ६० जनालाई बगाएको थियो। जसमा २५ जनाको शव भेटिएको थियो। बाँकी अहिलेसम्म बेपत्ता छन्।

२०७१ साउन १७ गते मांखा र राम्चेको सीमा क्षेत्र जुरेमा पहिरो गएको थियो। बेपत्ता भेटिने सम्भावना न्यून हुन्छ। १० दिनदेखि एक महिनासम्म खोजतलास गरिन्छ। नभेटिए बेपत्ताको सूचीमा राख्ने गरेको जनाइएको छ। ३५ दिनपछि शव नभेटिए मृतकसरह सुविधा दिने निर्णय पनि सरकारले गरेको छ।

स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी मृत्युसरह राहत उपलब्ध गराउने नीतिगत निर्णय भएको उनले सुनाए। मन्त्रालयले यस वर्ष मनसुनमा बेपत्ता भएकाका परिवारलाई राहत उपलब्ध गराउने प्रयोजनका लागि मृतसरह मान्ने व्यवस्था गरेको उनको भनाइ छ।


प्रकाशित मिति: शनिवार, भदौ २७, २०७७, ०७:३४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित
दार्चुलामा स्थानीयद्धारा ३३ केभी प्रशारण लाइन अवरुद्ध
डोटीमा १० प्रतिशत मतदाता वृद्धि
ताजा समाचार
प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेसद्धारा बिरोध प्रदर्शन बिहिवार, माघ ८, २०७७ 25
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु
एन्टिजेन विधिबाट सुदूरपश्‍चिमका चार जिल्लामा परीक्षण सुरु
कैलालीमा निर्वाचनका लागी प्रारम्भिक तयारी शुरु
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद
गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित
लामिछानेलाई आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
कोरोना भाइरसविरुद्धको खोप नेपालमा आइपुग्यो
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद बिहिवार, माघ ८, २०७७
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित बिहिवार, माघ ८, २०७७
दार्चुलामा स्थानीयद्धारा ३३ केभी प्रशारण लाइन अवरुद्ध बिहिवार, माघ ८, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६ ’
  • #कोरोना त्रास
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago