अत्तरिया - कैलालीको गोदावरी नगरपालिका ३ मा रहेको मालाखेती अस्पतालवाट हाल ४८ जना एचआइभी संक्रमितले नियमित एआरटी सेवा लिइरहेका छन् । गोदावरी नगरपालिका भित्र रहेका एचआइभी सङ्क्रमितलाई निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श दिन मालाखेती अस्पतालमा दुई वर्षअघि सञ्चालनमा आएको एआरटी सेन्टरवाट एचआइभी संक्रमित ४८ जनाले नियमित रुपमा एआरटी सेवा लिइरहेका हुन् ।
मालाखेती अस्पतालको एआरटी सेन्टरका एआरटी काउन्सलर राजेन्द्र मल्लका अनुसार गोदावरी नगरपालिकामा मात्रै २ सय ९५ जनाको हाराहारीमा एचआइभी सङ्क्रमित रहेका छन् । ति मध्ये बढि जसोले सेती प्रादेशिक अस्पताल धनगढीवाट सेवा लिइरहेको काउन्सलर मल्लले बताए । मालाखेती अस्पतालमा २०७४ साल माघ महिनामा स्थापना भएको एआरटी सेन्टरले २०७५ बैशाख देखी सेवा दिन सुरु गरेको उनले बताए । उनले स्थापना भए देखी हाल सम्म ५५ जनाले सेवा लिदै आएकोमा २ जनाको मृत्यु भएको बताए ।
एचआइभी संगै अन्य बिभिन्न रोगले च्यापेर अन्तिम अबस्थामा पुगेकाले ति दुई जनाको मृत्यु भएको उनले बताए । लास्ट स्टेजमा सेवा लिन आए , क्षयरोग पनि लगेको रहेछ काउन्सलर मल्लले भने बिभिन्न रोगहरुले संगै च्यापेपछि यँहावाट अहिले सम्म सेवा लिन मध्ये यिनै २ जनाको मृत्यु भएको हो । बाकिँले भने औषधि सेवन गर्दा गर्दैै भारत तिर गएको उनले बताए । उनले अहिले एआरटी सेवा लिरहेका ४८ जना सबैको अस्बस्था सामान्य रहेको बताए । सेवा शुरु भए देखि सकारात्मक प्रभाव परिरहेको र उनीहरुमा सामान्य मानिस सरह जीवनयापन गर्न सक्छन् भन्ने चेतनामा थोरै भएपनि नयाँ सोच आएको जस्तो आफुले पाएको उनको भनाई छ ।
गोदावरी नगरपालिका भित्र रहेका एचआइभी संक्रमितहरु मध्ये सबै भन्दा बढि वडा नं १० , ११ र १२ मा रहेका छन् । कैलाली जिल्लाको पुरानो बस्तीका रुपमा रहेको गोदावरी ११ र १२ ओलानी क्षेत्रमा एचआइभी संक्रमितहरुको संख्या बढ्दो रहेको उनले बताए । गरिबी, अशिक्षा, चेतनाको अभाव लगाएतका कारण ओलानी क्षेत्रमा एचआइभी संक्रमितहरुको संख्या बढ्दो रहेको उनले बताए । गरिबीको रेखामुनी रहेका अधिकाशं परिवारका श्रीमानहरु रोजगारीका लागि भारतमा जाने गरेको र त्याँहावाट आउदाँ रोग पनि संगै ल्याउने गरेका कारणले संक्रमितहरुको संख्या बढ्दो रहेको छ ।
असुरक्षित यौन सम्पर्क, सङ्क्रमित आमाबाट जन्मिएको बच्चा, सङ्क्रमितले प्रयोग गरेको सुई तथा सङ्क्रमित व्यक्तिको रगत अर्कोको व्यक्तिमा पर्न जानु लगायतका कारणले एचआइभी सङ्क्रमण हुन सक्ने भन्दै उनले यसबाट स्वयं व्यक्तिले आफु नै सचेत हुनुपर्ने सुझाव दिएका छन् ।
प्रयोशालामा आवश्यक पर्ने केमिकल नहुदा समस्या
गोदावरी नगरपालिकाले मालाखेती अस्पतामा औषधिको अभाव नरहेको दाबी गरिरहेका बेला प्रयोगशालामा आवश्यक पर्ने केमिकल नहुदा समस्या हुने गरेको एआरटी सेन्टरका एआरटी काउन्सलर मल्लले बताए । रगत जाँच गर्न प्रयोग हुने ‘रिएजेन्ट’ केमिकल अभाव भएपछि एचआइभी संक्रमित बिरामीहरु मर्कामा परेका छन् ।
रगत जाँच गर्न नभई नहुने ‘रिएजेन्ट’ नामक केमिकल अभाव भएपछि अस्पतालमा रगत जाँच सेवा प्रभावित भएको हो । एआरटि सेवा लिइरहेकाहरुको हरेक तिन तिन महिनामा रुटिङ टेष्ट गर्नुपर्ने भएपनि रिएजेन्ट’ केमिकल नहुदा समस्या भैरहेको उनले बताए ।
रगत जाँच गर्ने मेसिनका लागि आवश्यक ‘रिएजेन्ट’ केमिकल अभाव भएपछि बिरामीलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पठाउने गरिएको मल्लले बताए । प्रयोगशालामा आवश्यक पर्ने कमेकिल नहुदा एचआइभी भएको शंका लागेमा चेकजाचका लागि अस्पतालमा पुग्ने बिरामीहरुलाई पहिलो चरणको परिक्षण गरेर धनगढीको सेती अस्पतालमा पठाउने गरेको उनको भनाई छ ।
'एचआइभी भएको शंका लागेमा चेकजाचका लागि अस्पतालमा कोही बिरामीहरु आएमा हामीले अहिले प्रथम चरणमा रोगको डिटरमाईन्ड परीक्षण मात्रै गर्दछौ , त्यो पोजेटिभ भेटिएमा त्यसलाई प्रमाणित गन गर्नु पञ्र्यो नि ? उनले भने -'त्यसपछि दोस्रो चरणमा युनिगोल्ड र स्टाटप्याक परिक्षण गर्नका लागि धनगढीमा पठाउने गरेका छौ ।'
तिनै चरणको परिक्षण गरेर मात्र एचआइभी भएको प्रमाणित हुने भएकोमा बाकिँ चरणको परिक्षण भने मालाखेती अस्पतामा नहुने उनले बताए ।