अत्तरिया - कैलालीको अत्तरियामा मंगलबारदेखी सुरु भएको सम्बृद्ध गोदावरी प्रशिक्षण तथा अन्तरकृया बुधबार पनि जारी रहेको छ । अत्तरिया स्थित दिवस सिनेमा हलमा ३ दिन सम्म चल्ने प्रशिक्षण तथा अन्तरकृयामा बुधबार पनि बिभिन्न बौद्धिक ब्यक्तित्वहरुले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
बुधबार शिक्षाबिद् डा. हेमराज पन्त , राजनितिज्ञ पुर्व मन्त्री लेखराज भट्ट , सामाजिक अभियान्ता गोपाल हमाल , सुभाष शाही र वरिष्ठ पत्रकार दिल बहादुर छत्यालले प्रशिक्षण दिएको आयोजक गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्लले जानकारी दिए । गोदावरी नगरपालिकाको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा भोली पनि बिभिन्न ब्यक्तित्वहरुले प्रशिक्षण दिनु हुनेछ ।
बिहिवार नेपाल कै एक मात्र विजनेश कोच एबम् नेपाल सरकारका परामर्शदाता शेषमणि दाहाल , कैलाली उधोग वाणिज्य संघका पुर्व अध्यक्ष दिनेश राज भण्डारी र कैलाली उधोग बाणिज्य संघका निर्वतमान अध्यक्ष पुष्पराज कुवरले प्रशिक्षण दिने कार्यक्रम रहेको अध्यक्ष मल्लले जानकारी दिए ।
सुदुरपश्चिम प्रदेशको स्थायी राजधानीसंग जोडिएको गोदावरी नगरपालिकालाई कसरी सम्बृद्ध बनाउन सकिन्छ भन्ने उध्ेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको चेम्बर अफ कर्मशले जनाएको छ । गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्लले उक्त प्रशिक्षण तथा अन्तरकृया कार्यक्रममा सबै नगरबासीले सहभागिता जनाउन सक्ने बताए ।
कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ अत्तरिया सिटि , अत्तरिया जेसिज , अत्तरिया बजार ब्यबस्थापन समिती र गोदावरी होटल ब्यबसाय संघले सहयोग गरेका छन् ।
उक्त कार्यक्रममा यस क्षेत्रका बिभिन्न बिधालयका बिधार्थीहरुसंग बिभिन्न समाजसेवी , बुद्धिजिविहरुको उपस्थिती रहेको थियो