धनगढी- कैलालीको एक खोलामा बगेर एक बालक बेपत्ता भएका छन्। जिल्लाको कैलारी गाउँपालिका–६ धरमपुरमा रहेको गौकन्द्री खोलामा बगेर धनगढी उपमहानगरपालिका–१९ जे गाउँका ११ वर्षीय निखिल बिक बेपत्ता भएका हुन्।
मामाघर गएका बेला खोलामा पौडी खेल्ने क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बालकको खोजी कार्य भइरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।