अत्तरिया -गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले सेनाका अधिकारीहरु सँग भेट गरेका छन । उनले सोमबार तेघरी स्थित गणका गणपति सुनिल कुमार मल्ल सँग भेट गरेका हुन ।
भेटका क्रममा नगरप्रमुख भट्टले अत्तरिया चोकको उत्तरपट्टिका ६१ घरघुरी, अत्तरियाको बसपार्क र लामितालको जग्गालाई यथाबत भोगचलनको ब्यबस्था मिलाउन आग्रह गरेका हुन ।
उक्त जग्गा अब नेपाली सेनाले भोगचलन गर्ने चर्चा पहिले देखी चल्दै आएको छ । तर सेनाले अहिले सम्म ति ठाउँहरुमा कुनै संरचना भने बनाएको छैन ।
जबाबमा गणपती मल्लले सो सम्बन्धमा आफुले माथिल्लो निकायमा पत्राचार गर्ने र सकभर स्थानियलाई अपट्यारो नहुने गरी नै सेनाले ब्यबस्था मिलाउने बताएको बुझिएको छ ।