अत्तरिया -गोदावरी जेष्ठ नागरिक समाज अत्तरिया कैलालीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजको शनिबार साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष खडक राज जोशीको अध्यक्षता भएको कार्यक्रममा गोदवारी नगरपालिकाका नगर उप प्रमुख शारदा रोकायाको प्रमुख अतिथी रहेका थिए ।
त्यस्तै बार्षिक साधारणसभामा गोदावरी नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट, वडा नं. ४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल, वडा नं.७ का वडा अध्यक्ष कलावती साउँद, इलाका प्रहरी कार्यालयका दान बहादुर रोकाया लगायत जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख रोकायाले आफुहरु जेष्ठ नागरीकहरूलाई सजिलो र सहज रुपमा सेवा पुर्याउने प्रतिवद्ध रहेको धारणा राखिन । सभाले जेष्ठ नागरिक समाजको नयाँ कार्य समिती चयन गर्ने छ ।