अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा दुई बर्ष पहिले स्थापना भएको न्यायिक समितिमा मुद्धाहरुको चाङ बढ्दै गएको छ । स्थानिय सरकार गठन भई सकेपश्चात गाँउघरमा हुने विभिन्न प्रकारका घटनाहरुलाई स्थानिय स्तरमै समाधान गर्नका लागि गोदावरी नगपालिकामा गठन भएको न्यायिक समितिमा मुद्धाहरुको चाङ बढ्दै गएको हो ।
२०७४ साल भदौ ३१ गते गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतको संयोजकत्वमा गठन भएको न्यायिक समितिमा हाल सम्म १ सय ३२ वटा मुद्धाहरु दर्ता भएका छन् । न्यायिक समितिकी संयोजक एबम् उपप्रमुख कडायतले न्यायिक समिति गठन भएपश्चात समितिले सम्पादन गरेका कृयकलापका बारेमा आज सार्वजनिक गर्नुभएको हो ।
हाल सम्म दर्ता भएका १ सय ३२ वटा मुद्धाहरु मध्ये १ सय १९ वटा मुद्धाहरु फछ्र्यौट भइसकेको न्यायिक समितिकी संयोजक कडायतले बताइन् । उनले गत आर्थिक बर्ष २०७४÷०७५ मा बिभिन्न प्रकृतिका गरेर ६८ वाट मुद्धाहरु दर्ता भएकोमा ५७ वटा मुद्धाहरु फछ्र्यौट गरिएको बताइन् । बाकिं प्रक्रिया अबस्थामा रहेको ११ वटा मुद्धाहरु भने चालु आर्थिक बर्षमा फछ्र्यौट गरिएका हुन् । यस्तै चालु आर्थिक बर्ष २०७५÷०७६ को हाल सम्म ७१ वटा मुद्धाहरु दर्ता भएकोमा ६२ वटा फछ्र्यौट गरिएको र बाकिं ९ वटा मुद्धाहरु प्रकृयामा रहेको संयोजक कडायतले जानकारी दिइन् ।
उनले नगरपालिकामा न्यायिक समिति गठन भएदेखी नै न्यायिक समिति मुद्धाको चाङ बढेको बताइन् । न्याय सम्पादन गर्दा थुप्रै कठिनाईहरु रहेको बताउदै उनले आफुहरुले भने न्यायिक समिति दर्ता भएका मुद्धाहरुलाई सरल र सहज ढङ्गले दुवै पक्षलाई बोलाई जित जितका आधारमा सम्पादन गरिरहेको बताइन् ।
‘देशैभर गठन भएका न्यानियक समिति मध्ये कहि कतै मुद्धा नै नआउने , मुद्धा आएपनि सम्पादनमा कठिनाइ भैरहेको भन्ने खबरहरु आउने गरेका छन् , यद्धपी हाम्रोमा भने त्यस्तो छैन’उनले भनिन – ‘न्यायिक समिति प्रति स्थानियहरुको आर्कषण बढ्दो छ , संबिधानले नै तोकेको स्थानिय सरकारले संचालन ऐन २०७४ अन्र्तगत दफा ४७ देखी ५३ मा रहेका अधिकारहरुमा टेकेर हामीले कामहरु गरिरहेका छौ ।’ उनले न्यायिक समितिमा आउने मुद्धाहरुमा सबै भन्दा बढि जग्गा सम्बन्धी बिवाद र घरेलु हिसांका घटनाहरु रहेको बताइन् ।
चालु आर्थिक बर्षमा जग्गा सम्बन्धि ३३ वटा र घरेलु हिंसा सम्बन्धि १९ वटा मुद्धाहरु दर्ता भएका छन् । त्यस पछि लेनदेन सम्बन्धि , खोज तलास सिफारिस सम्बन्धि , सम्बन्ध बिच्चेद सम्बन्धि , बाटोघाटो सम्बन्धि , कुटपिट , गाली गलौज सम्बन्धि लगाएतका मुद्धाहरु आउने गरेको संयोजक कडायतले बताइन् । फौजदारी बाहेका मुद्धाहरु मात्रै हेर्ने न्यानियक समितिले मुद्धा दर्ता भैसकेपश्चात दुबै पक्षलाई बोलाएर बृहत छलफल गरी दुवैलाई खुसी हुने गरी जित जितको आधारमा मुद्धाहरुको फछ्र्टौट गरिरहेको उनले बताइन् ।
आवश्यक जनशक्ति र भौतिक संरचाना अभावका कारण काम गर्न केहि समस्या भैरहेको उनको भनाई छ । साविकको गा.वि.सलाई आधार मानेर अहिले प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरिएको छ । १२ वटै वडाभरी गठन भएको ५ वटा मेलमिलाप केन्द्रमा अहिले ७४ जना मेलमिलाकर्ताहरु रहेका छन् । उनले आगमी आर्थिक बर्षदेखी यसलाई अझै शसक्त ढड्गले अगाडी बढाउने योजना रहेको बताइन् । उनले आगामी आर्थिक बर्ष २०७६,७७ मा एउटा इजलास सहितको न्याय सम्पादनका लागि आवश्यक पर्ने जनशक्ति र संरचनाहरु बढाउने बताइन् ।