दार्चुला - जिल्लामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।जिल्लाको मालिकार्जुन गाउँपालिका ८ का ३२ वर्षीय जयदेव टमटा मृत अवस्थामा फेला परेका हुन।
महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर खलंगा सडक खण्डको धामीगडा क्षेत्रमा झण्डै ५० मिटर तल भीरमा खसेको अवस्थामा टमाटाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक डिएसपी मनोहरप्रसाद भट्टले बताए।
मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।