महेन्द्रनगर - कञ्चनपुरमा आफैले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका २ मोतिबस्ती बस्ने ७२ वर्षीय बासुलाल चौधरीलाई राँगोले हान्दा मृत्यु भएको हो ।
बुधबार बेलुका राँगोलाई पराल हाल्ने क्रममा हानेपछि घाइते भएका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।