बझाङ - बझाङमा मोटरसाइकल दुर्घटना हुदाँ चालक गम्भिर घाईते भएका छन् ।
जिल्लाको बुङ्गल नगरपालिका ३ को गुगल बागथला कच्ची सडक खण्डमा से १ ब ११२५ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ चालक बुङ्गल नगरपालिका १ दहबगरका ३३ वर्षीय शिवराज जोशी गम्भिर घाईते भएका हुन् ।
मोटरसाइकल सडकभन्दा २ मिटर तल खसेको थिए । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई सुरुमा प्राथमिक स्वास्थ्य चौकी खिरातडीमा सामान्य उपचार लगेपछि डडेल्धुरा अस्पतालमा पुञ्याइएको थियो ।
त्यहाँवाट फेरि थप उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।