Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
मंगलबार, वैशाख ७, २०७८
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
एमालेद्वारा वरिष्ठ नेताद्वय खनाल र नेपाल सहितका नेताहरुलाई पुन: स्पष्टीकरण
एमालेद्वारा वरिष्ठ नेताद्वय खनाल र नेपाल सहितका नेताहरुलाई पुन: स्पष्टीकरण
भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख नाघ्यो
भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख नाघ्यो
सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव
सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव
डोटीमा लामो समयपछि वर्षा  वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
डोटीमा लामो समयपछि वर्षा वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
धनगढीमा भारतीय एक पुरुषको  मृत्यु
धनगढीमा भारतीय एक पुरुषको मृत्यु
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग 
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग 
गोदावरी नगरपालिकाका नागरिकले मंगलबार र बुधबार मात्रै मालपोत कार्यालयमा सेवा पाउने
गोदावरी नगरपालिकाका नागरिकले मंगलबार र बुधबार मात्रै मालपोत कार्यालयमा सेवा पाउने
बैतडीको सुर्नया गाउँपालिका ३ नं वडा कार्यालयमा तालाबन्दी
बैतडीको सुर्नया गाउँपालिका ३ नं वडा कार्यालयमा तालाबन्दी
आज चैते दशैँ पर्व मनाउँदै
आज चैते दशैँ पर्व मनाउँदै
Hotel chameliya
corona - Godawarinews
समाज
  • गृहपृष्ठ
  • समाचार
  • चिसो बढ्दै जादाँ मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर
चिसो बढ्दै जादाँ मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर
64x64
आईतबार, पुस ५, २०७७ गोदावरी न्युज
चिसो बढ्दै जादाँ मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर

टीकापुर -  टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छन् । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन्। टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए ।

“बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखेँ, निकै कमजोर भएको छ”, सन्ध्याले भनिन्, “चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्, बच्चालाई चिसो गढेछ ।” एकसरो लुगा लगाएर बच्चा बोकेर अस्पतालबाट फर्किरहेकी सन्ध्या आफैँ पनि जाडोले काँपिरहेकी थिइन ।

“गरिब छु, श्रीमान् पनि वैशाखदेखि घरमै बसेका छन् । रोजगार नभएर आम्दानी छैन”, सन्ध्याले भनिन्, “सानो बच्चा छ । काम पनि केही पाउँदैन । पेट पाल्नै मुस्किल छ, लुगाकपडा लाउने त सपनामात्र भएको छ ।” टीकापुरकै विशालनगर शिविरका रुपेश परियार ज्यालादारीको काम गर्छन् ।

शीतलहर शुरु भएपछि उनको परिवारलाई समेत जाडो छेक्न समस्या भएको छ । “म दिनभरि काम गर्छु, घरमा तीन बच्चा र श्रीमती छन् । दिनभरि कमाएर लगेपछि उनीहरुले खान पाउँछन्”, रुपेशले भने, “यसपटक एउटा सिरक किनौँला भनेको किन्न सकिएन । चिसो भएर रातभरि सुत्न सकिन्न, दिनभरि काम गर्नुपर्छ । मलाई त रिङ्गटा लाग्न थालेको छ ।” रुपेशको परिवार घरमा ओढ्ने, ओछ्याउने टन्न कपडा नभएर भुइँमा पराल बिछ्याएर सुत्ने गरेको छ । “आगो बालेर तापौँ भने पनि दाउरा पाइँदैन”, रुपेशकी श्रीमती मनसराले भनिन्, “सबैजना सँगै सुत्छौँ अलि तातो हुन्छ, एक सातायता जाडो निकै बढेको छ ।”

मुक्त कमैया बस्तीका शिवनगरमा पनि चिसोसँगै शीतलहर शुरु भएपछि धेरैको दैनिकी कष्टकर भएको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी कठिन भएको छ । शिवनगरका रामेश्वर चौधरी चिसो बढेपछि एक सातादेखि काममा जान सक्नुभएको छैन ।

डकर्मी काम गर्ने रामेश्वरको घर उहाँले काम नगरे चल्दैन । “चिसोमा काम गर्न कठिन हुन्छ, केही दिन काममा नजाँदा घरमा भएको सबै अन्न सकियो, ओहो हामी गरिबलाई जाडोमा पनि समस्या, गर्मीमा पनि समस्या । बिरामी भए पनि आफ्नो र परिवारको पेट पाल्न काम गर्नैपर्ने”, रामेश्वरले भने, “चिसो बढेपछि शिविरका अधिकांशमा रुघाखोकी, ज्वरोजस्ता समस्या शुरु भएका छन् । एकातिर कोरोना भाइरस सङ्क्रमणको डर पनि बढेको छ ।”

बस्तीका बडघर रामफल चौधरी शिविरमा बस्तीमा बस्ने सबै गरिब भएकाले समस्या भएको बताए । “हरेक वर्षको जाडो छेक्न कठिन हुन्छ, सरकारले विपन्नको जीविकोपार्जनका लागि केही उद्योग, कलकारखाना खोलिदिएको भए सबैले रोजगार पाउँथे”, बडघर चौधरी भन्छन्, “आयआर्जन भए पो आवश्यकता पूरा हुन्छन् । खेतीपाती गरौँ भने जमिन छैन, अनि मौसमले पनि सधैँ पीडा दिन्छ ।”

विजयनगर बस्तीकी गीतारानी चौधरी शनिबार बिहानै एकसरो म्याक्सी लगाएकी, सलभित्र काखमा बच्चा च्यापरे दौडदै हुन्थे । उनी घर निर्माण हुने स्थानमा इँटा, बालुवा बोक्ने काम गर्छन् । “काम गर्नुपर्छ, बच्चा हेर्ने मानिस छैन, बोकेरै काममा जान्छु”, गीतारानीले भनिन्, “घरमा अन्न भएको भए चिसोमा आराम गर्ने थिए । शरीरमा लुगा छैन, दिनभरि काम गर्दा त जाडो भएको महसुस हुन्न तर राति चिसोले मुटु काप्छ ।”

यसरी शिविर तथा बस्तीमा बसेका धेरै नागरिक हरेक रात मुटु कपाएरै कटाउँछन् । उनीहरु सरकारले सहजरूपमा रोजगारीका अवसर सिर्जना गरिदिनुपर्ने माग गर्छन् । कोरोना भाइरस सङ्क्रमणपछि शिविरका धेरै नागरिकको ज्यालादारी गर्ने काम पनि छुटेको छ । भारतमा काम गर्नेहरु पनि घर फर्केका छन् ।

टीकापुर नगरपालिकाले गत वर्ष यी बस्तीमा दाउरा वितरण गरेको थियो । यस वर्ष पनि पुस महिना शुरु भएसँगै चिसो निकै बढेको छ । कैलालीको तापक्रम छ डिग्री सेल्सियससम्म झरेको छ ।

“यसपटक पनि चिसो बढेको छ । हामीले बस्तीमा बस्ने नागरिकलाई जाडो छेक्न कठिन भएकोबारे छलफल गरेका छौँ”, टीकापुर–१ का वडाध्यक्ष गङ्गाराम आचार्य भन्छन्, “नगरपालिकामा छलफल गरेर उहाँहरुलाई राहत दिने काम गर्छौँ ।” रासस

 


प्रकाशित मिति: आईतबार, पुस ५, २०७७, ०९:५८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोटीमा लामो समयपछि वर्षा  वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
डोटीमा लामो समयपछि वर्षा वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
धनगढीमा भारतीय एक पुरुषको  मृत्यु
धनगढीमा भारतीय एक पुरुषको मृत्यु
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग 
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग 
गोदावरी नगरपालिकाका नागरिकले मंगलबार र बुधबार मात्रै मालपोत कार्यालयमा सेवा पाउने
गोदावरी नगरपालिकाका नागरिकले मंगलबार र बुधबार मात्रै मालपोत कार्यालयमा सेवा पाउने
ताजा समाचार
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण मंगलबार, वैशाख ७, २०७८
एमालेद्वारा वरिष्ठ नेताद्वय खनाल र नेपाल सहितका नेताहरुलाई पुन: स्पष्टीकरण
एमालेद्वारा वरिष्ठ नेताद्वय खनाल र नेपाल सहितका नेताहरुलाई पुन: स्पष्टीकरण
भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख नाघ्यो
भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५३ लाख नाघ्यो
सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव
सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव
डोटीमा लामो समयपछि वर्षा  वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
डोटीमा लामो समयपछि वर्षा वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
धनगढीमा भारतीय एक पुरुषको  मृत्यु
धनगढीमा भारतीय एक पुरुषको मृत्यु
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग 
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग 
गोदावरी नगरपालिकाका नागरिकले मंगलबार र बुधबार मात्रै मालपोत कार्यालयमा सेवा पाउने
गोदावरी नगरपालिकाका नागरिकले मंगलबार र बुधबार मात्रै मालपोत कार्यालयमा सेवा पाउने
बैतडीको सुर्नया गाउँपालिका ३ नं वडा कार्यालयमा तालाबन्दी
बैतडीको सुर्नया गाउँपालिका ३ नं वडा कार्यालयमा तालाबन्दी
विश्व/प्रबास
विश्वभर कोरोनावाट ३० लाख बढीको ज्यान गयो
विश्वभर कोरोनावाट ३० लाख बढीको ज्यान गयो गोदावरी न्युज
भारतको राजधानी दिल्लीमा निशेधाज्ञा जारी
भारतको राजधानी दिल्लीमा निशेधाज्ञा जारी गोदावरी न्युज
दिल्लीमा ‘विकेण्ड’ कर्फ्यु
दिल्लीमा ‘विकेण्ड’ कर्फ्यु गोदावरी न्युज
hamro patro
समाज
डोटीमा लामो समयपछि वर्षा  वन डढेलो निभ्दै, स्थानीयवासी खुशी
डोटीमा लामो समयपछि वर्षा वन डढेलो निभ्दै, स्थानीयवासी खुशी मंगलबार, वैशाख ७, २०७८
धनगढीमा भारतीय एक पुरुषको  मृत्यु
धनगढीमा भारतीय एक पुरुषको मृत्यु मंगलबार, वैशाख ७, २०७८
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग 
अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई फ्रिज सहयोग  मंगलबार, वैशाख ७, २०७८
कला /साहित्य
सुदूरपश्चिमका हिरो प्रनिसराज पन्तको चलचित्र ‘ओभरडोज’को ट्रेलर सार्वजनिक सुदूरपश्चिमका हिरो प्रनिसराज पन्तको चलचित्र ‘ओभरडोज’को ट्रेलर सार्वजनिक बिहिबार, वैशाख २, २०७८
पत्रकार योगीको शब्दमा भीम बिसीको ‘ऐना हेरी हेरी’ बजारमा पत्रकार योगीको शब्दमा भीम बिसीको ‘ऐना हेरी हेरी’ बजारमा बिहिबार, चैत ५, २०७७
सुदूरपश्चिमकी  बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड सुदूरपश्चिमकी बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड मंगलबार, माघ १३, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP