अत्तरिया – राष्ट्रिय जनमोर्चा डोटीका उपाध्यक्ष मिनबहादुर मलासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन । मलासीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायि कमिटी सदस्य एबम पूर्वमन्त्री लेखराज भट्टले टिका लगाएर पार्टी प्रबेश गराएका हुन । बुधबार बिहान पूर्वमन्त्री भट्टको निवासमा भएको एक कार्यक्रमका बिच मलासी सहित जनमोर्चाका १३ जना पार्टी कार्यकर्ताले नेकपामा प्रबेश गरेका हुन ।
२८ बर्षदेखि जनमोर्चामा काम गरेका मलासीले जनमोर्चाका तर्फबाट स्थानिय निकायको चुनावमा केआईसिंह गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेवारी दिएका थिए ।
मलासीलाई नेकपामा प्रवेस गराउँदै नेकपाका स्थायि कमिटी सदस्य भट्टले नेपालका कम्युनिष्ट पार्टी एक ठाउँमा आउँन आवश्यक रहेको बताए । उनले नेपालका ठुला २ पार्टी एक ठाउँमा आएदेखि नेपालका कम्युनिष्ट पार्टी ठाउँमा आउने क्रम जारी रहेको बताए । ‘राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा अहिले नेकपाले नेतृत्व गरिरहेको छ, यसले ठुलो तरङ्ग ल्याएको छ ।’ स्थायि कमिटी सदस्य भट्टले भने – ‘यसै कुरालाई ध्यानमा राख्दै कम्युनिष्टहरु जुट्ने बेला हो र यो क्रम जारी पनि रहेको छ, अहिले बिप्लप समुहबाट , जनमोर्चा बाट बिभिन्न स्वतन्त्र कम्युनिष्ट आन्दोलनमा लागेका बामपन्थीहरु पनि केन्द्रित हुने क्रम जारी रहेको छ भबिष्यमा नेपालमा एउटै कम्युनिष्ट केन्द्र हुन्छ त्यो नेपाल कम्युनिष्ट पार्टी हुन्छ ।’
नेकपा प्रबेस पछि प्रतिक्रिया दिदैं मलासीले राष्ट्रिय जनमोचा पार्टीले कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउन नसकेको बताए । ‘राष्ट्रिय जनामोर्चा पार्टीमा सिद्धान्तका आधारमा जाँदा जाँदा दिन भरी हिड्यो अझ वाई की वाई भनेजस्तै भयो ।’ मलासीले भने – ‘अब नेकपामा आएर आफ्नो कम्युनिष्ट सिद्धान्त अगाडी बढाउन सकिने आशा रहेका छ ।’
पार्टी प्रबेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य कलमबहादुर गडसिला र खगेन्द्र साउँद, नेकपा डोटी कार्यदल सदस्य प्रेम कुवर, नेकपा कैलाली जिल्ला कमिटी सदस्य अशोक कुमार सोप , गिता नेपाली लगायत नेकपाका सुदूरपश्चिम प्रदेशको नेता तथा कार्यकर्ताको उपस्थिीती रहेको थियो ।