अत्तरिया -गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले अत्तरियामा सेना प्रहरीले लिन खोजेको सार्बजनिक जग्गा छोडनुपर्ने बताएका छन । सोमबार अत्तरियामा जारी प्रादेशिक महोत्सबको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेना प्रहरी अत्तरियाको बिकासको बाधक बन्न नहुने जिकिर गरे ।
' अत्तरिया सुदुरपश्चिमको प्रदेशको प्रबेसद्वारा प्रदेशको राजधानी पनि हो तर यँहा अब समस्या नै समस्या छन् । हामी सँग यती ठुला समस्या छन् कि हामीसँग एउटा खेल मैदान नै छैन । यस क्षेत्रको एउटा मात्रै उच्च शिक्षा लिने ठाउँ दुर्गालक्ष्मी बहुमुखी क्याम्पस हो उक्त क्याम्पस जाने बाटो पिच बनाउन सकिएको छैन, उधोग बाणिज्य संघको भबन निर्माण अधुरो नै छ त्यँहा शसस्त्र प्रहरीले रोकेको छ ,'भट्टले भने,' सुरक्षा निकाय बिकासको बाधक बन्नु हुँदैन। हामी सबै निकाय बसौँ, सुरक्षा निकायलाई कहाँ जग्गा दिनुपर्ने हो हामी आबश्यक ठाउँ दिन तयार छौं । नेपाली सेना र शशस्त्र प्रहरीले यँहाको खाली जग्गा आफ्नो हो भन्दै छन् , हाम्रो भोगाधिकार भित्र परेको छ भन्दै छन् तर म यहीं मन्चबाट बिनम्र अनुरोध गर्न चाहान्छु तपाईंहरु अत्तरियाको बिकासको बाधक बन्नु हुँदैन । '
उनले अत्तरियामा नगरस्तरिय मात्रै नभएर प्रदेशस्तरको खेल मैदानको आबश्यकता रहेको बताए। मेयर भट्टले गोदावरी क्षेत्रको समग्र बिकासको लागी स्थानिय सरकार निजी क्षेत्रका ब्यबसायी सँग मिलेर कार्य गर्ने प्रतिबद्धता समेत जनाए । उनले सुदुरपश्चिक प्रदेश कै राजधानी गोदावरी क्षेत्रको बिकास लागी नगरपालिकाले गृहकार्य शुरु गरिसकको बताए ।