काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्नुभएको हो।
समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गर्नुभएको थियो। प्रतिनिधि सभाको समानुपातिकतर्फ एक सय १० सांसद निर्वाचित भएका छन्।
यता सुदुरपश्चिम प्रदेश सभामा २१ सांसद निर्वाचित भएका छन्।
तस्बिरमा :





