अत्तरिया - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गोदावरी नगरकमिटीका नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिएका छन । गोदावरी नगरपालिका २ बनखेत स्थित नेकपाको पार्टि कार्यालयमा शुक्रवार आयोजित एक कार्यक्रमका बिच गोदावरी नगरकमिटीका नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिएका हुन् ।
गोदावरी नगरकमिटिका नबनिर्वाचित अध्यक्ष गोकर्ण भट्ट , सचिब आनन्द भट्ट सहितका अन्य पदाधिकारीहरुले सपथ लिएका छन । नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई नेकपाका स्थायी कमिटि सदस्य एवम् संघिय सांसद लेखराज भट्टले सपथ खुवाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कैलाली जिल्ला सदस्य धर्म कुँवरले जानकारी दिए । नेकपा नगरकमिटिका अध्यक्ष गोकर्ण भट्टको सभापतित्वमा आयोजित कार्यक्रमका पुर्वमन्त्री, संघिय सांसद एवम् नेकपाका स्थायी कमिटि सदस्य लेखराज भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै पुर्वमन्त्री भट्टले देशका दुई ठुला पार्टि एक ठाउँमा उभिएपछि बिपक्षिमा केहि डर पैदा भएको बताए । उनले दुई पार्टिबिचको सिद्वान्त विचार र लक्ष्य एउटै भएर नै दुुई वटा पार्टी एक ठाउँमा उभिएको बताए । गोदावरी नगरकमिटिका सम्पुर्ण नबनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै उनले अबका दिनहरुमा पार्टीलाई नयाँ दिशामा लैजान र मजबुत बनाउन नबनिर्वाचित पदाधिकारीले अहम भुमिका खेल्नेमा विश्वास ब्यक्त गरे । विचार र सिद्वान्त एउटै भएपनि स्वभाव एवम् कार्यशैली केहि फरक पर्ने सक्ने बताउदै उनले त्यही कार्यशैलीले नै पाटी भित्र अन्तरविरोधको सिर्जना गर्ने बताए ।
यद्धपी यसका लागि सबैले एक आपसमा मिलेर जानुपर्नेमा उनले जोड दिए । अहिलेको राजनितिमा पार्टीलाई मजबुत र बलियो बनाएर लैजान युवाहरुको जोस, जाँगर र बृद्वहरुको अनुभव र दिमागलाई मिलाएर लैजानुपर्ने उनको भनाई थियो । पार्टिमा युवाहरुको भुमिका अहम रहेको बताउदै उनले युवा विना कुनै पनि चिज अधुरो भएकाले युवालाई निराश नगरी सबै ठाउँमा मिलाएर लैजाने पार्टीको लक्ष्य रहेको बताए । पार्टीलाई नयाँ दिशामा अगाडी बढाउनका लागि पुराना कुविचार र कुसंस्कारहरु हटाएर अघि बढ्नुपर्ने बताए । यसका लागि त्यसको सुरुवात आफैबाट गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेकपाका कैलाली जिल्ला ईन्चार्ज रुपा चौधरी, सहईन्चार्जद्वय दिपक देवकोटा र गरिमा शाह, कैलाली जिल्ला अध्यक्ष रतन थापा, सचिव लाल बहादुर सोडारी (दर्शन) , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कैलाली जिल्ला सदस्य धर्म कुँवर लगायत प्रदेश कमिटि र जिल्ला कमिटिका सदस्य एवम् नेकपाका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थीति रहेको थियो । सपथ ग्रहण कार्यक्रमको सञ्चालन नेकपाका गोदावरी नगरकमिटि सचिव आनन्द भट्टले गरेका थिए ।