काठमाडौं - गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह गोलाकार भित्र घन्टी पाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको र चुनाव चिन्ह गोलाकार भित्र घन्टी पाएको जानकारी गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह गोलाकार भित्र घन्टी दर्ता नम्बर १८७ छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
त्यस्तै। राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी समेत दिएका थिए । लामिछानेले आयोगमा दल औपचारिकरुपमा दर्ता भएसँगै अब जनताको बीचमा जाने बताए ।