काठमान्डौ -सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएकी छन्।आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएकी हुन्।नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन्। उनी एकीकृत समाजवादीकी सांसद तथा उक्त पार्टीबाट मन्त्री भएकी थिइन्।